पुस ६ दैलेख । हिजोराति देखि अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही कालिकाेटबाट अपहरण मुक्त भएका छन् ।
अध्यक्ष शाहीलाई गएराति साढे १२ बजे विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए ।
शाही कालिकोट जिल्लाको सुभकालिका गाउँपालिका– १ छात्तीको जंगलबाट आइतबार साँझ साढे छ बजे अपहरण मुक्त भएका हुन । प्रहरीले तीन तिरबाट घेरा हालेपछि विप्लव समूहले अध्यक्ष शाहीलाई छोड्न वाध्य भएको थियो ।
उनीलाई पक्राउ परेको १८ घण्टा पछि उद्धार गरिएको हो । अपहरण गर्ने विप्लवका कार्यकर्ता भने पक्राउ परेका छैनन् । कालिकोट प्रहरीका अनुसार उनको अवस्था सकुशल छ ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यता अपहरणको जिम्मा लिदैं विप्लव समूहले उक्त गाउँपालिकामा भ्रष्टचार गरेको, कमिशन खाएको अरोप लगाएको छ ।
विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले जारी गरेको विज्ञप्तिमा अपहरणको जिम्मेवारी समेत लिएका छन् । विज्ञप्तिमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग समेत गरिएको छ ।
शाही हिजो राति वडा नम्बर २ श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति अपहरणमा परेका हुन ।