सुर्खेत । समान खरिद गरे बापत वितरण गरिएको उपहार कुपनको बिजेता सार्वजनिक गर्न सुर्खेत सुपर मार्केटले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । वीरेन्द्रनगर–६ शनिहललाईनमा संचालित मार्केटले दशै तिहार तथा छठका अवसरमा वितरण गरेका कुपनहरुको नतिजा सार्वजनिक शनिबार गरिने आयोजकले जनाएको छ ।
मार्केटका कुनै पनि पसलबाट एक हजार बराबरको सामान खरिद गर्ने ग्राहलाई प्रतिहजार एउटा कुप्पन वितरण गरेको थियो । कुप्पनका आधारमा लक्की ड्र मार्फत दर्जन बढी उपहार वितरण गर्ने योजना मार्केटले ल्याएको थियो । सोही बमोजिम बिजेताहरुले ३२ इन्च एलइडि टि.भि., स्मार्ट फोन देखि कपल डिनर सम्मका उपहार बिजेताहरुले प्राप्त गर्न सक्नेछन् । यो योजना लक्की ड्र उक्त कार्यक्रमको व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रमको जिम्मा तनाब छ जिन्दगी फाउण्डेशनले लिएको छ । फाउण्डेशनले विभिन्न प्याटनका गीत संगीतहरुको फ्युजन सहितको सांस्कृतिक कार्यक्रम तयारी गरिरहेको छ । जसमा लोक, आधुनिक,पप रक, सेन्टिमेन्टल इभेन्टहरु प्रस्तुत गरिने फाउण्डेशनका अध्यक्ष संजय योगीले बताए ।