सुर्खेत । पर्यटकको सूचना व्यवस्थित गर्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्षेत्रिय पर्यटन सूचना केन्द्रको स्थापना भएको छ । कर्णालीका पर्यटकीय स्थलको जानकारी दिन र अभिलेख राख्नका लागि सूचना केन्द्रको स्थापना भएको हो ।
क्षेत्रिय पर्यटन सूचना केन्द्रमा कर्णाली प्रदेशमा रहेका पर्यटकीय स्थलको जानकारी दिन र यहाँ आउने पर्यटकहरुको अभिलेख तथा अन्य पर्यटन सम्बन्धि जानकारी उपलब्ध हुनेछन् ।
कर्णालीका पर्यटकीय स्थलको जानकारी त्यहाँको भौभलिक अवस्था र त्यसको महत्वका बिषयमा क्षेत्रिय पर्यटन सूचना केन्द्र भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । ‘भ्रमण बर्ष २०२० को सचिवालय पनि यही भवनमा रहनेछ ।’ उनले भने,‘कर्णाली हुने पर्यटकीय कामको अभिलेख यसैमा राखिनेछ ।’
कर्णालीमा भ्रमण बर्ष २०२० का लागि २० वटा आन्तरिक पर्यटकीय क्षेत्र र २० वटा बाह्य पर्यटकीय स्थल छनौट गरिएको र त्यसका लागि सूचना तथा अभिलेख राख्ने काम भइरहेको मन्त्री बुढाले बताए । ‘हामीले कर्णाली प्रदेशका पर्यटकीय गतब्य छनौट गरिसकेका छौं ।’ उनले भने,‘भ्रमण बर्ष २०२० मा धेरैभन्दा धेरै पर्यटक ल्याउने लक्ष्य राखेका छौं ।’
क्षेत्रिय सूचना केन्द्रमार्फत कर्णालीका पर्यटकीय क्षेत्र यहाँको अवस्थाका विषयमा जानकारी राख्ने कर्णालीलाई पर्यटकहरुको हबका रुपमा विकास गर्नका लागि सबैसँग सहकार्य गर्न क्षेत्रिय पर्यटन सूचना केन्द्रको स्थापना गरिएको क्षेत्रिय पर्यटन सूचना केन्द्रका अध्यक्ष लोमनबहादुर बुढाले बताए । ‘हामीले यहाँका पर्यटन क्षेत्रमा रहेका सबै व्यवसायीहरुसँग छलफल गरेर पर्यटकलाई कसरी कसरी आगमन गर्ने बिषयमा सूचना केन्द्रको स्थापना गरेको हौं ।’ उनले भने,‘यसले कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्नेछ ।’