काठमाडौँ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला सँस्कृति चिनाउने देउडा गीत सार्वजनिक भएको छ ।
स्वर्णिम शाहीले आफ्नै शब्द र संगीतमा ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार सार्वजनिक गरेका हुन् । सो गीत गाउन स्वर्णिमलाई माण्डबी त्रिपाठीले साथ दिएकी छन् ।
कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीत विशेष फिल्मस् युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।
शाही जनयुद्धको समयमा बाल कलाकार थिए । कालिकोटको पचाल झरना गाउँपालिका-९ निवासी शाही २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै जनयुद्धमा पूर्णकालीन भएका थिए ।
शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । उनको गीत चर्चित गायीका अन्जु पन्तलगायतले गाएका छन् । (अनलाइनखबरबाट साभार)
हेर्नुस् स्वर्णिम शाहीको पछिल्लो देउडा गीत ‘चलन चलिया’