सुर्खेत । नेपाल तरुण दलले विद्यार्थीमाथि प्रहरीले गरेकाे ज्याद्दती विरूद्व दाेषीलाइ कार्वाहीकाे दायरामा नल्याइए अाफुहरू चुप लागे नबस्ने बताएकाे छ । अार्इतबार बाँकेको कोहलपुरमा स्कुले बालिकालाई ट्रकले कुल्चेपछी भएको विराेधमा उत्रिएका विद्यार्थीकाे स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएपछि तरूण दलले आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्ताे बताएकाे हाे ।
दोषीलाई कार्बाहिको प्रकृयामा नल्याइए तरुण दल चुप लागेर नबस्ने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन ।
अध्यक्ष बस्नेतले घटनामा परी घाइते भएकाहरुको उचित उपचारको प्रबन्ध मिलाउन समेत सरकार सँग माग गरेका छन ।
आइतबार बिहान कोहलपुरमा ट्रकले ठक्कर दिदा कक्षा ७ मा पढ्ने कोहलपुर १० की प्रकृति चन्द सख्त घाइते भएपछि नेपालगन्ज-कोहलपुर खण्डमा प्रदर्शन चर्केको थियो स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरिले बिधार्थिहरुमाथी निर्मम बल प्रयोग गरेकोमा प्रहरिको सर्बत्र आलोचना भइरहेको छ ।