
बजारमा सुनिदै आएको हल्ला, कर्णालीले विकासको गति लिन सकिरहेको छैन भन्ने कुरामा मेरो अलिकती असहमति छ। मलाई लाग्छ कर्णालीको विकास महाभारत हुनुपुर्व हस्तिनापुरमा तयारी गरिएको बराबरै छ। गाण्डिब लिएर जब अर्जुन कुरुक्षेत्रमा पुगेका थिए। उनले त्यहाँ भिष्मपिताहमह, गुरु दोणाचार्य, जस्ता कल्पना पनि नगरेका पात्रहरु आफ्नो विपक्षमा देखेका थिए, यसरी कर्णाली सरकार पनि भित्र भित्र भव्य विकास पो गरिरहेछ कि ! जस्तो कि सुन्दैछु दैलेखमा तेल खानीको अन्वेषण भइरहेको कुरा, रातारात हामी इरान जस्तै नेपालको सम्पन्न प्रदेश भैजाने हो किरु अपरकर्णाली हाइड्रोपावर बनाएर सुदुरपश्चिम प्रदेशलाई बेच्ने पो हो किरु फ्याट्ट २०२० पर्यटन वर्षमा कर्णाली राजमार्गलाई सुदृढ गरेर सुर्खेत देखि ५ घण्टामा रारा पुगाइदिने हो किरु पर्यटनको घुँइचोले कतै समाचार पढ्नुपर्ने हो कि पर्यटकको उच्च चापले गर्दा अब बाँकी पर्यटक रोक गरिएको छू।
यो मैले कुनै काल्पनिक कुरा गरेको होइन, कर्णाली प्रदेशको जनताको आशा यहि हो। अब सत्य कुरा गरौं तर इतरविचार देखिन्छ।
विकासको नाममा रोडहरु बनाइरहँदा हामिले यो रोड के का लागि बनाउदछौँ यो सोच्योँ सोचेनौँ। गाउँ गाउँमा रहेका युवालाई छोटो समय मै विदेश जानका लागि प्रेरित त गरेक हौँ तरु कि बिदेशी मदिरा गाउँ गाउँ सम्म पुगोस् भन्ने थियोरु कि रेमिटान्सले किनेको दाल चामल तरकारी गाउँ पुगोस् अथवा इण्डियन आलु, मिर्चासंग हलोको फाली साँटियोस भन्ने उद्देश्य थियोरु सरकारसँग अब प्रश्नकति गरिरहनु। तर पनि केही सोध्न लाएक कुराहरु थिए। जस्तो कि उपनिर्वाचन सम्म आइ पुग्दा कति जना युवालाई रोजगारी दिलाउन सक्यो कर्णाली सरकारलेरु कृषिमा कति जिल्ला आत्मनिर्भर भए, जिल्लाको कुरा छोडौँ कर्णालीका नगरपालिका र गाउँपालिकाका कति वडा आत्मनिर्भर भएरु सरकारसंग अब एउटै उत्तर छ। ती सबैको साझा उत्तर हो ञशुन्यझ।
केही विज्ञ साथिहरुको संगतले यति बुझ्ने मौका पाएँ। कर्णाली विकास उँदोगती तिर छ। गाउँमा भएको युवा प्रदेश लाग्यो। उसको खेतबारी बाँझो छ। अब उ केहिवर्ष पछि नेपाल फर्केर कुनै सहरमा घर बनाएर व्यापार गर्छु भनेर बस्ने छ। रेमिटान्सको गलत लगानी न कुनै सिर्जनात्मक काम न कुनै उत्पादनशिलतामा लगानी भएको छ। यदि सरकार हिड्न अल्छी मान्दैन भने गाउँ गाउँ पुगोस् । ८र९ कक्षामा पढ्ने केटाकेटीहरुलाई रक्सी र चुरोटको लत लागिरहेको छ। भाँगो र गाँजा तराई र सुर्खेत मै खरिद बिक्रि हुन्छ भन्ने थाहा छ। यस्ता अवैधानिक कार्यहरु मेरा कानले त सुनिरहेछन। सरकारको कान पनि तीखो पारियोस। उहिले देखि हामिले पढ्दै आएको नेपाल कृषि प्रधान देश हो। कर्णाली प्रदेश पनि पोइको हरेक कुरामा सहमती राख्ने जोई जस्तै कहिँ न कतै त सहमत छ। सुर्खेत जस्तो उर्वर फाँटलाई प्लटिङ गरि खण्ड खण्ड पारिदैछ। राकम कर्णाली जस्तो एउटा सुन्दर फाँट जुन खेतीयोग्य जमिन थियो त्यसलाई नयाँ सहरीको नाम दिरहेछ । यस्ता जिउला, राकम प्लटिङ भइरहेको देखिरहेकाछौँ। तराईसंग नजोडिएको प्रदेशले यो बारे सोच्नु पर्छ कि पर्दैनरु मेरै उमेरका युवा साथीहरुका कुरा पनि सुन्छु। बिरेन्द्रनगरमा अब मान्छेको चाप ह्वात्तै बढेको छ यो देख्दा खुशी पनि छन। उनिहरु जापनिज , कोरियन भाषाका कक्षाहरु पनि सुर्खेत मै भैरहेछन। मेरो युवा पिडि दङ्ग छ किन कि उ सजिलै पलाएन हुन चाहन्थ्यो। त्यो अब सम्भब गरिदिएका छन् यी कक्षाहरुले। अब यी कुराहरुले गणितीय शैलीले यो प्रमाणित गर्दछन कि हामिले विकास के लाई मानिरहेका छौँ र कता जाँदैछौँ।