सुर्खेत । महेश थापाको कथाकृति ‘मरीचिका’ कृतिलाई ५० हजार राशीको पुरस्कार सम्मानित गरिएको छ । कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णालीको सबभन्दा ठुलो धनराशीको पुरुस्कारबाट महेश थापाको कथाकृति ‘मरीचिका’ कृति पुरुस्कृत भएको हो ।
‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कारबाट ‘हजारौ पृथ्वी हजारौं आकाश कविता सङ्ग्रह लगायत कर्नाली ब्लुज, फिरफिरे जस्ता चर्चित कृतिका लेखक बुद्धिसागरलाई २५ हजार राशिको पुरुस्कार पाएको छ ।
नेपाली साहित्यका क्षेत्रमा अनरवत रुपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान गरिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र गिरीले बताए । ‘कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै ठूलो धनराशि भएको पुरस्कार हो ।’ उनले भने,‘मदन पुरस्कारका लागि सातवटा कृति भित्र पर्न सफल भएको ‘मरीचिका’ कृतिले साँच्चिकै समाजको यथार्थतालाई उजागर गरेको छ ।’