काठमाडौं । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमाको व्यक्तिगत स्पर्धामा साग इतिहासमा नै नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा २०० मिटर फ्रि स्टाइलमा भारतीय खेलाडीलाई हराउँदै नेपालकी गौरिका सिंहले स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

उनले निर्धारीत दुरी दुई मिनेट शुन्य पाँच दशमलव शुन्य ६ सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन् ।