कठामाडाैं । नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन भएका छन्।
१९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उनी पहिलो नेपाली हुन्।
जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो।
इन्जिनियरिङको पढाइ गरेका जगन चितवनका बासिन्दा हुन्। चापागाईंलाई महासचिवमा चयन गरेपछि रेडक्रसले उनको २५ वर्ष लामो अनुभवको फाइदा आफूहरूलाई हुने बताएको छ।
चापागाईंले रेडक्रसको थुप्रै उपल्लो निकायमा काम गरिसकेका छन्।
रेडक्रस अन्तरगत रहेर उनले एसिया-प्यासेफिकको क्षेत्रिय निर्देशक तथा महासचिवको कार्यालयमा अन्डर सेक्रेटरी जनरल र कर्मचारी प्रमुखका रूपमा समेत काम गरिसकेका छन्। महासचिब पदमा चापागाईं खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका हुन्।