सुर्खेत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले भाषण गर्दागर्दै बिद्युत्को लाइन गएपछि कार्यक्रममा स्थलमा उपस्थित मुखामुख गरेका थिए । उर्जामन्त्रीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लामा मौसमी राडरको उद्घाटन गर्दागर्दै बिद्युत् कटौती भएको थियो । a
उर्जामन्त्री प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोल्दै गर्दा बिद्युतको लाइन काटिएको थियो । विद्युत्को लाइन काटिएपछि करिब डेढ मिनेट मौन रहेको उर्जामन्त्री जेनेरेटर चलाएपछि मतब्य शुरु गरेका थिए ।
उर्जामन्त्री प्रमुख अथिति रहेको कार्यक्रममा विद्युत्को लाइन गएपछि कार्यक्रममा उपस्थितले मुखामुख गरेका थिए भने उर्जा मन्त्रीले यस बिषयमा केही पनि बोलेनन् ।
सुर्खेतमा नेपाल बिद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन छिनछिनमा जाने र आउने गर्दछ ।