दैलेख (ठाँटीकाँध) । नेपाल महिला संघ ठाटीकाँध गाउँपालिका कार्य समिति गठन गरिएको छ । शुक्रवार ठाटीकाँधमा आयोजित एक भेलाबाट मनसरा विष्टको अध्यक्षतामा २२ सदस्यीय ठाटीकाँध गाउँपालिका कार्य समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा नन्नकला देवकोटा, भद्रा शाही, कोषाध्यक्षमा सारदा थापा, सचिवमा गिता विक, सहसचिवमा पवित्रा विष्ट र सरस्वती शाही चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सेतु नेपाली, लक्ष्मी शाही, जुना विक, प्रेमा विक, भावना साँवद माझी, तुलसा शाह, देवी थापा (बुढा), यमुना शाही, मनसरा शाही, विष्णा शाही, तुलसा शाही, कल्पना थापा, जयकला बुढा, लक्ष्मी थापा र गौरा शाही रहेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले सङ्घीय संरचना अनुसार जिल्लाका ११ वटै स्थानीय तहहरुमा गाउँपालिका कार्य समिति गठन तिव्र पारिएको बताइन् । अध्यक्ष रानाले पार्टीलाई दृढ बनाउनका लागि सबै लागि परेको बताउँदै महिलाहरूको भुमिका त्यसमा उल्लेखनीय रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरिन् ।