सुर्खेत । दैलेखमा भएको दुर्घटनामा परि ज्यान गुमाउने ३ जनाको पहिचान भएको दैलेख प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा वीरेन्द्रनगर ३ तातापानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेख बासी घरभइ हाल बर्दिया मधुवन नगरपालिका ६ सानोश्री बस्ने बर्ष २९ का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेको दैलेख प्रहरी प्रमुख हरीवहादुर ओलिले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य १५ जना घाईते भएका छन । घाइते हुनेमा वीरेन्द्रनगर ८ खजुरा बस्ने मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका १० का लक्ष्मी योगी, अभिशेक योगी, वीरेन्द्रनगर ३ तातापानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर ११ सुब्बाकुनाका देवीप्रसाद भट्टराई र धुलियाविटका चन्द्रकली सिङ्गौली रहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । यस्तै बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका ४ का लक्ष्मी रावत र नारयण नगरपालिका ४ का दिलबहादुर कटुवाल रहेको ओलीको भनाइ छ ।
सुर्खेत दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फोर्स) दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएको हो । गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटना लगत्तै चालक फरार छन् । घाईतेहरुको प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।