सुर्खेत । ‘तनाव छ जिन्दगी फाउण्डेसन’ सुर्खेत अनाथ, असाहय तथा सडक बालबालिकाको सहयोगका लागि दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । कर्णाली प्रदेशमा रहेका अनाथ असाहय तथा सडक बालकालिकालाई सुरक्षित घरमा राख्नका लागि आउँदो शनिबार दौड प्रतियोगिताको आयोजना गरेको हो ।
कर्णाली प्रदेशमा कयौं ठाउँमा अनाथ, असाहय तथा सडक बालबालिकाहरुले कष्टपूर्ण जीवन बिताई रहेका उनीहरुको सुरक्षित आवासका लागि दौड प्रतियोगिताको आयोजना गरिएको ‘तनाव छ जिन्दगी फाउण्डेसन’का अध्यक्ष संजय योगीले बताए । ‘विशुद्ध सेवा भावका साथ हामीले दौड प्रतियोगितको आयोजना गरेको छौं ।’ उनले भने,‘त्यसबाट उठेको रकमले केही अनाथ, असहाय तथा सडक बालबालिकालाई सुरक्षित आवास राख्ने योजना रहेको छ ।’
सुर्खेतको काँक्रेविहारदेखि एक दशमलव पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता राखिएको त्यसका लागि प्रवेश शुलक विद्यार्थीबाट तीन सय र अन्यबाट पाँच सय रुपैयाँ राखिएको ‘तनाव छ जिन्दगी फाउण्डेसन’ अध्यक्ष गिरीले बताए । ‘हामीले खुल्ला दौडमा शुल्क लिनेछौं ।’ उनले भने,‘त्यही शुल्कबाट सहयोग गर्ने लक्ष्य राखेका छौं ।’
खुल्ला दौड प्रतियोगिताबाट उठेको रकम सुर्खेतमा रहेको अनाथ, असाहय तथा सडक बालबालिकालाई आश्रय दिँदै आएको साझा घर, आमा घरलाई रकम उपलब्ध गराउने ‘तनाव छ जिन्दगी फाउण्डेसन’ले जनाएको छ ।