सुर्खेत । विद्यार्थी चढेको ट्याक्टर पल्टिदा २५ जना घाइते भएका छन् । जनज्योती माध्यामिक विद्यालय बड्डीचौरको ट्याक्टर सोही विद्यालयका कृषिमा अध्ययनरत विद्यार्थी लिएर हल्दु जाने क्रममा ट्याक्टरको ट्रली पल्टिदा घाइते भएका हुन् ।
मौरीको मह काट्न विद्यालयदेखि करिब ७ किलोमिटर टाढा हल्दु जाने क्रममा ट्याक्टरको एक्कासी ब्रेक हान्दा सडकमै ट्रली पल्टिएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले दुल्लू खबरलाई जानकारी दिए ।
उनका अनुसार घाइते ६ जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको छ । घाइतेलाई प्रदेश अस्पताल कालागाउँमा उपचारको लागि पठाइएको प्रसनि कँडेलले जानकारी दिए ।