सुर्खेत । जिल्लाको लेकबेसी नगरपालिकामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण र कृषिमा समुदायको पहुँचका सम्बन्धमा सरोकारवालाहरुले अनुगमन गरेका छन् । सुन्दर नेपाल संस्थाको अगुवाईमा राष्ट्रिय कृषक समूह महासंघ, कृषि सहकारी संस्था, भष्ट्रचार बिरुद्ध नागरिक निगरानी संस्था, गैसस महासंघ र पत्रकारहरुले अनुगमन गरेका हुन् ।
अगुगमनमा गएको टोली लेकबेसी नगरपालिकाका कृषि शाखा, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिका पदाधिकारी तथा कृषक समूहसँग भेटघाट गरेको थियो ।
कृषि क्षेत्रमा सेवा प्रवाहका बिषयमा अनुगमन टोलीको सदस्यले लेकबेसी नगरपालिकाका कृषि शाखा प्रमुख गंगराम चौधरीसँग जिज्ञासा राखेका थिए । ‘हामीले कृषि क्षेत्रको लगानीका गरेका छौं । जसले गर्दा कृषि उपजका बस्तुहरु उत्पादन सहज होस ।’ शाखका प्रमुख चौधरीले अनुगमन टोलीका सदस्यलाई भने,‘हामीले कृषि क्षेत्रमा १ करोड रुपैयाँ बजेटको ब्यवस्था गरेको छौं ।’
कृषि क्षेत्रमा गएको बजेटमा प्रभावकारी कार्यन्वयन र कृषकसम्म पु¥याउन सुझाव दिइएको कृषि सहकारी संस्था लि. सुर्खेत अध्यक्ष पंचकला रावतले बताइन् । ‘हामीले कृषि क्षेत्रको बजेटमा कृषक सहज पुहँच होस भनेर सुझानव दिएका छौं ।’ उनले भनिन्,‘त्यसका लागि नगरपालिका सकरात्माक भएको छ ।’
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण क्षेत्रमा २० लाख रुपैयाँ बजेटको व्यवस्था भएको भएपनि त्यसका कार्यबिधि तथा विपद्का क्षेत्र, विपद उद्धार तथा राहतका लागि बजेट तथा योजना नबनाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले बताए । ‘हामीले बजेटको व्यवस्था गरेको छौं ।’ उनले भने,‘कार्यबिधि, तथ्याङक संकलन लगाएतका बिषयमा कार्य गर्न बाँकी रहेको छ ।’
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका बिषयमा नगरपालिकाले खासै चासो नदेखाएको यस बिषयमा यथासंम्भव काम गर्न सुझाव दिइएको गैर सरकारी महासंघ जिल्ला अध्यक्ष बिन्दुलाल रेग्मीले बताए ।
नगर कार्यपालिकाले सुशासनका बिषयमा कुनै बिधि नअनाएको र चाडै यस बिषयमा छलफल गरि कार्यबिधि तथार पार्न आवश्यक रहेको भष्ट्राचार बिरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष खिमलाल रेग्मीले बताए ।
किसानका समस्याका बिषयमा नगरपालिकाले कुनै चासो नदिएको यस बिषयमा नगरपालिकाले किसानहरुसँग सुझाव लिएर कृषिका कार्यक्रम संचालन गर्न आवश्यक रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष शशिराम आचार्यले बताए ।