दैलेख । नयाँ संघीय संरचना अनुसार दैलेखमा पहिलो पटक नेपाल महिला संघको महिला समिति गठन गरिएको छ । बिहीबार नेपाल महिला संघ भैरवी गाउँपालिका कार्य समिति गठन गरिएको हो ।
भैरवी गाउँपालिकाकी जेष्ठ सदस्य बसना विष्टको अध्यक्षता तथा नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कार्य समिति गठन गरेको हो ।
भेलाले जानकी विष्टको अध्यक्षतामा १९ सदस्यीय गाउँपालिका कार्यसमिति गठन गरेको हो ।
नव गठिन समितिको उपाध्यक्षमा जुना शाही र लक्ष्मी खत्री, सचिवमा सपना पन्त (विष्ट) र सम्झना हमाल, कोषाध्यक्षमा हस्तकला अधिकारी, सह–सचिवमा सुर्तिमा कुमारी थापा, फात्मा मियाँ र नन्दा थापा तथा सह–कोषाध्यक्षमा कस्तुरा विष्ट चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गोमा गुरुङ्ग, पवित्रा सार्की, सिता विष्ट, गैरी कुमारी थापा, सिद्वरा विष्ट, भगवती गौतम, बाल कुमारी विक, रामकला विष्ट, रेखा विक, सम्झना सुब्बा (शाही) चयन भएको बताईएको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले सङ्घीय संरचना अनुसार मुलुकमै पहिलो पटक भैरवी गाउँपालिका कार्य समिति गठन गरिएको बताइन् ।
उनले जिल्लाका अन्य गाउँपालिका, नगरपालिकामा समेत समिति गठन गर्ने तयारी गरिएको बताइन् । अध्यक्ष रानाले नेपालको राजनितीक सामाजिक आर्थिक तथा विभिन्न परिवर्तनमा महिला संघको योगदान महत्वपूर्ण रहेको बताइन् ।
देशको हरेक परिवर्तनमा महिला संघको भुमिका महत्वपूर्ण रहेको उनको भनाई छ । ‘महिलाहरु अब मुलधारमा आउनु पर्छ, अध्यक्ष रानाले भनिन् ‘देशको समृद्धि महिलाहरुबाटै सम्भव छ ।’