सुर्खेत । कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानको भंगेरीचौरमा प्रादेशिक सहिद पार्क निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्तरीय सहिद पार्क निर्माण गर्न लागेको हो ।
जनआन्दोलन, तथा बिभिन्न आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा पार्कको स्थापना लागिएको छ ।
कर्णाली प्रदेश निर्माणका क्रममा सहादत्त प्राप्त गरेका सहिदहरुको स्मरण गर्ने स्थान नभएको तथा सहिद कै योगदानमा प्रदेशको निर्माण भएकोले पार्कको स्थापना गर्न लागिएको बताए । ‘सहिदहरुका कारणले आफुहरुले अधिकार प्राप्त गरेका छौं ।’ उनले भने,‘सहिदहरुको स्मरण गर्नका लागि पार्कको निर्माण गर्न लागिएको हो ।’
प्रदेशकै नमुना पार्कका रुपमा स्थापना गर्न निर्माण गर्नका लागि सबैले महत्वपूर्ण भूमिका रहेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘यो पार्क प्रदेश कै नमुना पार्कका रुपमा विकास गरिनेछ ।’ उनले भने,‘त्यसमा सबैको सहयोगको आवश्यकता रहेको छ ।’