Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

जनताकोे जीवनस्तर उकास्न लागिपरेका छौं : अध्यक्ष शाही

दुल्लु खबर by दुल्लु खबर
२५ कार्तिक २०७६
112
SHARES
1.2k
VIEWS
FacebookTwitter
जनताकोे जीवनस्तर उकास्न लागिपरेका छौं : अध्यक्ष शाही
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

दैलेखको उत्तरी क्षेत्रमा पर्ने विकट गाउँपालिका हो महावु । जिल्ला सदरमुकामसँग जोडिएको भए तापनि महावु गाउँपालिका विकासमा पछि परेको छ । साविकका काँसिकाँध, रानीवन, बाँसि, बडाखोला र खरीगैरा गाविस मिलेर बनेको यो गाउँपालिकाका ९२ प्रतिशत नागरिक कृषि पेशामा संलग्न छन् । स्थानीय तहको निर्वाचनपछि आफूहरूले विकास र परिवर्तनका थुप्रै काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही बताउँछन् । जनताको आवश्यकतालाई ध्यानमा राखेर आर्थिक सामाजिक रूपान्तरणमा गाउँपालिका लागिपरेको उनको दाबी छ । स्थानीय सरकार स्थापना भएपछि २ आर्थिक वर्ष समेत सकिएको छ । प्रस्तुत छ, अहिलेसम्म गाउँपालिकामा भएका विकास निर्माण, कामकारबाही, बजेट कार्यान्वयनका चुनौती लगायत विषयमा अध्यक्ष शाहीसँग दैलेख संवाददाता पंखबहादुर शाहीले गरेको कुराकानीको सार :

तपाईं गाउँपालिकाको अध्यक्ष भएर आएपछि यहाँका जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
गाउँपालिकामा निर्वाचित भएर आएपछि हामीले आफ्नै भवन स्थापना गरेर कार्यसम्पदान गर्दै आएका छौं । भौगोलिक हिसाबले निकै पछि परेको यो गाउँपालिकामा भरपर्दो सडक थिएन । अहिले जिल्ला सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने फराकिलो र बाह्रै महीना सञ्चालन हुने सडक बनाएका छौं । प्रत्येक वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक निर्माण गरिएको छ ।

यस्तै खोलीबजार–बाँसी–काँसिकाँध हुँदै कालीकोट जोड्ने सडकको काम पनि सम्पन्न गरेका छौं । गाउँपालिका स्वास्थ्य क्षेत्रमा पनि धेरै पछि परेको थियो । गाउँपालिकामा चारओटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेका छौं । यसबाट अधिकांश नगरवासी स्वास्थ्यको पहुँचमा पुगेका छन् । पहिले यहाँ खानेपानीको राम्रो सुविधा थिएन । अहिले ‘एक घर एक धारा’ निर्माणमा अघि बढिरहेका छौं । ४० प्रतिशत नागरिकको घरमा खानेपानी पुर्‍याइसकिएको छ । कृषिक्षेत्रमा पनि उल्लेख्य काम गरेका छौं । गत २ आर्थिक वर्षमा १८ ओटा सिँचाइ आयोजना सम्पन्न भएका छन् । यस्तै १० ओटा निर्माणको क्रममा छन् भने ९५ ओटा पोखरीहरू निर्माण भइसकेका छन् । वातावरण सन्तुलन राख्न सामुदायिक वन व्यवस्थापन, आधुनिक चूलोहरू वितरण गर्ने कार्य पनि भएको छ । हालसम्म ७०० घरधुरीलाई आधुनिक चूलो वितरण गरिएको छ ।

गत आवमा पूर्वाधार विकासका के कस्ता काम भए ?
आर्थिक वर्ष २०७५/७६ मा विकास धेरै काम भएका छन् । यो गाउँपालिकामा पर्यटनको निकै ठूलो सम्भावना छ । पर्यटन विकासका लागि यहाँको उत्तरतर्फ पर्ने महावु गाथा (धाम)मा  १ हजार ११० मिटर पदमार्ग बनाएका छौं । यस्तै धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न देवताको ३० ओटा मन्दिर निर्माण गरिएको छ । शैक्षिक अवस्थामा सुधार गरिएको छ । विभिन्न विद्यालयमा ४८ कक्षाकोठाको निर्माण सम्पन्न भएको छ ।  गाउँपालिकाका प्रत्येक विद्यालयमा भौतिक अवस्था परिवर्तन गर्न १६ कोठे भवनहरूको काम भएको छ भने केहीको निर्माण अहिले पनि भइरहेको छ । गाउँपालिकाका सबै वडाहरूको विद्युतीकरणमा पनि ध्यान दिएका छौं । गाउँपालिकाको २ नं वडामा प्राधिकरणसँग मिलेर रू. ७५ लाख लागतमा  विद्युत् पु¥याउँदै छौं । गाउँपालिकाको १० प्रतिशत र सामुदायिक ग्रामीण विद्युतीकरण काठमाडौंको ९० प्रतिशत लगानी साझेदारीमा विद्युत् विस्तार गर्न लागेका हौं । केही वर्षमै प्रत्येक नागरिकको घरघरमा विद्युत् बाल्ने लक्ष्य छ ।

विद्युतीकरण लागि अहिले लाइन विस्तार गर्ने कार्य तीव्रगतिमा भइरहेको छ । कृषिक्षेत्रमा किवी, अलैंची, ओखर, टिमुरको पकेट क्षेत्र निर्धारण गरी खेती शुरू गरिसकिएको छ । यो गाउँपालिका पशुपालनका लागि उपयुक्त छ । त्यसैले पशु शाखामार्फत पशुपालक कृषकको समूह गठन गरी उन्नत जातका बाख्रा, राँगा र कुखुरा वितरण गरेका छौं । पशुपालनबाट दूध, घीउ र मासुमा आत्मनिर्भर उन्मुख भएका छौं । साथै उत्पादित कृषि वस्तुको निकासी मार्पmत नगरपालिकाको आन्तरिक आम्दानी समेत बढेको छ ।

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
बजेट कार्यान्वयनमा मुख्य चुनौती भनेको हामीसँग कर्मचारी र  प्राविधिकको अभाव छ । भीरपाखा र पहाडी भू–भाग धेरै भएकाले विकास निर्माण अघि बढाउन चुनौती हुने गरेको छ । भौगोलिक हिसाबले दुर्गम ठाउँ भएकै कारण कर्मचारीहरू पनि यहाँ बस्न रुचाउँदैनन् । उचित स्रोत साधनको अभाव, दक्ष जनशक्तिको कमी, मौसम तथा वातावरण अनुकूल नहुनु (बाढी, पहिरो, हिउँ, असिना) आदि कारणले पनि यहाँ विकास बजेट कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि गाउँपालिकाले कसरी काम गर्दै छ ?
महावु एकदमै दुर्गम गाउँपालिका हो । यहाँ स्वास्थ्य क्षेत्रको अवस्था हेर्ने हो भने पहिलेभन्दा त केही परिवर्तन भएको छ । तर सन्तोषजनक भने छैन । हामीले चालू आवमा गैंडाबाजमा १५ शैय्याको हस्पिटल निर्माणको योजना अघि सारेका छौं, जसका लागि गाउँपालिकाको चौथो गाउँसभाबाट रू. १ करोड बजेट विनियोजन समेत गरिसकेका छौं ।

शिक्षाक्षेत्रमा भौतिक संरचनाहरू निर्माण गर्दै छौं । केही काम सम्पन्न गरिसकेका छन् । शैक्षिक स्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न गाउँपालिकाले शिक्षामा अनुदानको व्यवस्था पनि गरेको छ । शिक्षाक्षेत्रको विकाससँग खेलकुद पनि जोडिन्छ । त्यसैले दैलेख जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान समेत निर्माण गरेका छौं । प्रत्येक विद्यालयमा शौचालय, खानेपानी र पुस्तकालयको उचित व्यवस्थापन गरिएको छ ।

यहाँका जनताले आर्थिक समस्या झेल्दै आएका छन् । अधिकांश युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गर्दछन् । त्यसैले नगरवासीको आर्थिक अवस्था सुधार्न हामी लागिपरेका छौं । युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न कृषिक्षेत्रको व्यावसायिकता विकासमा जोड दिएका छौं । जस्तै– परम्परागत  खेती प्रणाली विस्थापित गर्दै व्यावसायिक खेती प्रणालीतर्फ कृषकलाई उन्मुख गराउने र पकेट क्षेत्रहरू निर्धारण गर्ने काम अघि बढाएका छौं । यसो गर्दा विभिन्न बाली, फलपूmल र तरकारीको उत्पादन बढाउन सकिने विश्वास छ । युवाहरू गाउँमै बसेर काम गरून्, उत्पादित कृषिउपज विक्रीबाट आर्थिक उपार्जनका टेवा पुगोस् भन्ने उद्देश्यले प्रत्येक घरमा करेसाबारीको व्यवस्था गरेका छौं । भौगोलिक बनावटको आधारमा सम्भावित बाली छनोट गरी अलैंची, मकै र आलुको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेका छौं । यसबाट स्थानीय स्तरमै उद्यम र रोजगारी सृजनामा टेवा पुगेको छ । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७५/७६ देखि शुरू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरेका छौं । गाउँपालिकाका ६ ओटै वडामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । बेरोजगार युवालाई लक्षित गरी थप कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको छ ।

बजार क्षेत्रको विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
महावु गाउँपालिकाको शहरीकरण नभए तापनि मुख्यतया खरीगैरा, गैंडावाज, बाँसी, काँसिकाँध जस्ता साना बजार व्यवस्थित बनाउँदै छौं । यी क्षेत्रमा भौतिक पूर्वाधारको विस्तार तथा अनिवार्य आवश्यकता पूरा गर्नेतर्फ ध्यान दिएका छौं । बाटोको स्तरोन्नति तथा ग्राभेल गर्ने काम भइरहेको छ । आगामी दिनमा स्वास्थ्य र शिक्षाको विकासलाई पनि प्राथमिकता दिनेछौं ।

तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
विकास निर्माणका काम तोकिएको अवधिमै सम्पन्न गर्न मापदण्ड तयार गरेका छौं । सोही अनुसार काम अघि बढाएका छौं । ‘एक घर, एक उपभोक्ता नीति’ अवलम्बन गर्नुका साथै  प्रत्येक घरपरिवारका सदस्यलाई विकास निर्माणमा संलग्न गराएका छौं । यसबाट रोजगारीको अवसर सृजना समेत भएको छ । योजना निर्माणको अवधिभर तीनपटक सार्वजनिक परीक्षण गर्ने गरेका छौं ।

गाउँपालिकामा करसम्बन्धी गुनासो कत्तिको आउने गरेको छ ?
कर सम्बन्धी गुनासो आउनु स्वाभाविक नै हो । तर नागरिकमा विस्तारै करबारे जानकारी बढ्दै गएको छ । गाउँपालिकाले सिफारिश दस्तुर, मालपोत कर, नाता प्रमाणित कर, घटना अभिलेख कर, सर्जमिन दस्तुर, विवेदन दस्तुर, नामसारी दस्तुर, ठेक्कापट्टा कर लगायत शीर्षकमा कर उठाउँदै आएको छ । (अभियानबाट साभार)

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: अर्न्तवार्ता

Related Posts

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु
समाचार

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान
समाचार

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय
प्रदेश

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…
मुख्य समाचार

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु
समाचार

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
समाचार

डोल्पामा ५ नाल भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

२५ कार्तिक २०७६
बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

२५ कार्तिक २०७६
सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

२५ कार्तिक २०७६
कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

२५ कार्तिक २०७६
विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

२५ कार्तिक २०७६
भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

२५ कार्तिक २०७६
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.