रूकुम । रुकुम पश्चिममा जेलमा परे निःशुल्क खान, बस्न पाइने भन्दै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मुसीकोट नगरपालिका–२ रातामाटाका राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
परियारले जेलमा परे निःशुल्क खान, बस्न, पाइने भन्दै चोरी गर्दै हिड्ने गरेको प्रहरी अनुन्धानबाट खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा परियारले जेलमा निःशुल्क खाना र बस्न पाइने भन्दै चोरी गर्ने गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए । ‘जेलमा परे निःशुल्क खान र बस्न पाइने भन्दै चोरी गर्ने गरेको छ ।’ उनले भने ।
प्रहरीका अनुसार परियारले यसअघि २३ कार्तिक २०७३ मा मुसीकोट १ खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तानी गरि जेलबाट छुटेका थिए ।
जेलबाट छुटेका परियारले यही कार्तिक १६ गते रुकुम मुसिकोट नगरपालिका–१ खलङ्गा बजारमा मोवाइल पसलमा चोरी गरेका थिए ।
मोवाइल पसल चोरी गरेको आरोपमा पक्राउ परेपछि परियारले जेलमा बस्नका लागि पुन चोरी गरेको प्रहरीले जनाएको छ ।