सुर्खेत । कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाले बुधबार युवा पुस्ताका लागि आइटि सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले बुधबार एक कार्यक्रम सम्पन्न गरेको छ ।
यूनाईट्स नेपालको सहकार्यमा क्यान महासंघ सुर्खेत शाखाले कार्यक्रमको आयोजना गरेको शाखाका सहसचिव लोकेन्द्रबहादुर गिरीले जानकारी दिए ।
यूनाईट्स नेपालका हृदयमान श्रेष्ठले अहिलेको समयको माग अनुसार यूवापुस्तालाई आईटीको सही प्रयोग र त्यसबाट लिन सकिने लाभको बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले क्यान महासंघको संक्षिप्त परिचय दिए ।
क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन शाखा सचिव प्रवाशकुमार शाक्यले गरेका थिए ।