Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भारतले नयाँ नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि राखेपछि चर्कियाे सीमा विवाद !

      सरकार मुखदर्शक

      दुल्लु खबर by दुल्लु खबर
      २० कार्तिक २०७६, बुधबार ००:२१
      154
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      भारतले नयाँ नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि राखेपछि चर्कियाे सीमा विवाद !
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाण्डौ  । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

      दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

      जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

      भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

      लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

      भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ ।

      अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ ।

      नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।

      नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो ।

      यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले विरोध जनाउँदै आएका थिए ।

      ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।

      दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ ।

      त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गर्नुभएको थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

      नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ ।

      राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् ।

      नेपाली भूभाग भारतीय नक्सामा समेटिएकाेमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याकाे सम्बाेधन गर्न माग गरेकाे छ ।

      त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले भारतको गृह मन्त्रालयले तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्दै विरोध जनाएको छ ।

      नेमकिपाका सचिव प्रेम सुवालले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘भारतको गृह मन्त्रालयले यही कात्तिक १८ गते तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको भन्ने प्रकाशित समाचारप्रति नेमकिपाको गम्भीर ध्यानाकर्षण भएको छ, भारत सरकारको यस्तो विस्तारवादी प्रवृत्ति र उद्देश्यको चर्को विरोध र निन्दा गर्दछ ।’

      नेमकिपाले यसको वास्तविकताबारे तत्काल आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।

      नेपालको नापी विभागले तयार गरेको नक्सामा लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) नेपालभित्र परेको र यो नक्सा सबै सरकारी कार्यालय र निजी संस्थानहरूले प्रयोग गर्दै आएको भन्दै यसबारे सरकारले तत्काल आधिकारिक धारणा बाहिर नल्याए पार्टी आन्दोलनमा उत्रिने बताएको छ ।

      प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सन् १९५२ मा काठमाडौँ र उत्तरी सीमा नाकाहरूमा भारतीय सेना राख्न अनुमति दिएको यसमा जनताको चर्को विरोधपछि सन् १९६९ मा भारतीय सेना फिर्ता गएपनि नेपालको कालापानीबाट भारतीय सेना फिर्ता नगई यथावत रहेको, ७१ भन्दा बढी ठाउँमा भारतले नेपाली भूमि अतिक्रमण गरेको, वि.सं. २०२२ मा भारतले नेपालको सुस्ता क्षेत्र अतिक्रमण गरेको र यस्ता कदमको पटक पटक नेमकिपाले विरोध गर्दै आएको छ ।’

      नेपाल र बेलायती भारतबीच भएको सन् १८१६ को सुगौली सन्धिमा नेपालले करिब ६० हजार वर्ग किलोमिटर भूमि गुमाएको भन्दै नेमकिपाले सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त भए पनि सुगौली सन्धिमा गुमेको नेपाली भूमि अझै फिर्ता नभएको बताएको छ ।

      पाकिस्तानको पनि विरोध

      भारतले नेपालको मात्रै होइन पाकिस्तानको भूभाग पनि आफ्नो नक्सामा समेटेको छ । पाकिस्तान नियन्त्रित कश्मीरका मुजफ्फराबाद, मीरपुर र पुँछ जिल्लालाई जम्मू–कश्मीरमा र गिलगिट–बल्तीस्तानलाई लद्दाखअन्तर्गत समावेश गरेपछि पाकिस्तानले पनि भारतीय कदमको विरोध गरेको छ ।

      भारत सरकारले जारी गरेको नयाँ नक्साप्रति पाकिस्तान सरकारको विदेश मन्त्रालयले नै औपचारिक विरोध जनाएको हो । उसले भारतले जारी गरेको नयाँ नक्सा अमान्य भएको र यसले संयुक्त राष्ट्रसंघको सम्बन्धित प्रस्तावको समेत ठाडो उल्लंघन गरेको बताएको छ । भारतीय गृह मन्त्रालयले नाेभेम्बर २ तारिखका दिन जारी गरेकाे नयाँ राजनैतिक नक्सा गलत, गैरकानुनी र आधारहीन भएकाे पाकिस्तानले प्रतिक्रिया दिएकाे छ । पाकिस्तानले भारतले जारी गरेकाे नयाँ नक्सालाई नमान्ने पनि जनाएकाे छ ।

      जम्मू–कश्मीरको स्वायत्त हैसियत खारेज गर्ने भारत सरकारको निर्णयको पाकिस्तानले सुरुदेखि नै विरोध गर्दै आएको छ ।

      के भन्छ नापी विभाग ?

      भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत परेको बारे नापी विभागले पनि चासो दिएको छ । पाकिस्तानले औपचािरक रुपमा नै भारतले जारी गरेको नयाँ नक्साका बारेमा विरोध गरिसक्दा नेपाल पक्षले भने बल्ल अध्ययन गर्न लागेको जनाएको छ ।

      लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा पारेको बारे जानकारी आएको र यसबारेमा विभागमा छलफल चलिरहेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो ।

      विस्तृत अध्ययन गरेर यसबारेमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारीमा विभाग लागेको पनि उहाँले बताउनुभयो । अहिले छलफल चलिरहेको र विस्तृत अध्ययन गर्ने काम पनि भइरहेकाले हाम्रो भूभाग परे नपरेको बारे अहिले नै भन्न नसकिने भन्दै उहाँले अध्ययनपछि धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

      २०७२ सालमा भारत र चीनबीच भएको व्यापार सम्झौतामा लिपु लेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेको थियो । यही सम्झौताअनुरुप नै अहिले लिपुलेकलाई आफ्नै भन्दै नक्सामा नै समेटेको हो ।

      त्यो बेला लिपुलेक भारतले अतिक्रमण गरेर हत्याउन लागेको भन्दै नेपाली पक्षले विरोध जनाएको थियो । परराष्ट्रविद्हरुले लिपुलेकलाई त्रिदेशीय मार्ग बनाउन सरकारले पहल नगर्दा भूभाग नै गुमाउने अवस्थामा पुगेको दाबी गर्छन् ।

      नापी विभागका पूर्व महानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले २०७४ जेठ २० गते राजधानीमा आयोजना गरेको ‘भारत–चीन नयाँ व्यापार सम्झौता : लिपु लेक र नेपाली राष्ट्रियता’ विषयक कार्यक्रममा नक्सा, कागजात र प्रमाणको आधारमा लिपुलेक नेपालको दार्चुला जिल्लाको तत्कालीन व्यास गाविसमा पर्ने भए पनि भारतले मिचाहा प्रवृत्ति देखाउँदै जमिन हडपेको बताउनुभएको थियो ।

      प्रमाणहरुले त्यो भूभाग नेपालको रहेको देखाए पनि अहिले भारतले आफ्नै नक्सामा समेटेपछि नेपालले झण्डै ३७२ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र गुमाउने अवस्थामा पुगेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: भर्खरै

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २० कार्तिक २०७६, बुधबार ००:२१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २० कार्तिक २०७६, बुधबार ००:२१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २० कार्तिक २०७६, बुधबार ००:२१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २० कार्तिक २०७६, बुधबार ००:२१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २० कार्तिक २०७६, बुधबार ००:२१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २० कार्तिक २०७६, बुधबार ००:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.