सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकामा बृहत कृर्षि उपज, प्रद्धर्शनी, पर्यटन, खेलकुद तथा सांस्कृतिक मेला २०७६ को आयोजना हुने भएको छ । नगरपालिकामा पर्यटन प्रर्बद्धन गर्नका लागि कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म मेला आयोजना हुन लागेको हो ।
विगतमा परम्परागत रुपमा २ दिन संचालन हुने भेला यस वर्ष भने ५ दिनसम्म संचालन हुने भएको छ ।
कृषि, पर्यटन, खेलकुद, सास्कृतिक क्षेत्रमा पर्यापर्याटनका लागि मेला हुन लागेको जनगागृति बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक अजीतकुमार बौडेलले बताए । ‘मेलामा कृषकले उत्पादन गरेका स्थानीय बस्तु, स्थानीय कला संस्कृति र खेलकुद पद्र्धशन गर्ने तयारी छ ।’ उनले भने,‘मेलामा निःशुल्क अवलोकन गर्न पाईने छ ।’
मेलामा खेलकुद क्रियाकलाप अन्र्तगत भलिबल प्रतियोगिता संचालन गरिने र त्यसका लागि वडा स्तरीय प्रतिस्पर्धा गराउने आयोजक संस्थाले जनाएको छ ।
मेलामा प्रद्र्धशनी हुने कृषि उपजका बस्तुहरुलाई हेरेर लेकवेशी नगरपालिकाले सम्मान गर्ने मेला आयोजक समितिका संयोजक बौडेले बताए । ‘किसानहरुलाई प्रोहोत्सान गर्नका लागि कृषि काम गरेर आफ्नो जिवन निर्वाह गर्ने उत्कृष्ट कृषकलाई सम्मान गरिने छ ।’ उनले भने,‘स्थानीय स्तरमा रहेका स्रोत साधनलाई प्राथमिकता दिने हाम्रो योजना रहेको छ ।’