सुर्खेत । रारा ताल जाने घुम्न जाने पर्यटकहरुले मुगुकै चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा भ्रमण गर्न सकिन्छ । राराताल जत्तिको प्रचार भएको छ । त्यत्तिकै छायाँनाथ मन्दीर पश्चिम नेपालमा चर्चामा रहेको छ ।
छायाँनाथ मन्दीर साउनको जनैपूर्णिमा मेला लाग्ने गर्दछ । जुम्लाको ठाकुरज्यूँको गाथ पुजारीका साथ बाजा गाजा र सुरक्षाकर्मी सहित डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लिएपछि छायाँनाथ तीर्थयात्रा शुरु भएको हुन्छ ।
ठाकुर ज्यूको गाथ जनैपूर्णीमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि पश्चिम नेपालका महिला पुरुष धामी झाक्री सहित तीर्थालुको लर्को लाग्ने गरेको छ ।
जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ होम ब्रत हुने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मीप्रसाद चौलागाईले बताए । ‘पश्चिम नेपालका प्रायः मानिस यहाँ पुजा गर्न आउने गरेका छन् ।’ उनले भने,–‘यो मन्दीर बद्री केदारनाथको धाम नै हो ।’
उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले पिण्डदान, गौदान, ब्रतबन्ध र आफुले चिताएको बरदान मागेर फिर्ता हुने गरेका छन् । छायाँनाथलाई शीवजी शत्ति पिठको रुपमा परिचित छ ।
बिश्वको तीन वटा शक्ति पिठ मध्ये बद्रीनाथ, केदारनाथ भारतमा पर्ने र छायाँनाथ मुगुमा पर्ने पुजारीको भनाई छ । समुद्री सतहदेखि करिव ४५ सय मिटर उचाईको हिमरेखामा रहेको छायाँनाथ मन्दिर भन्दामाथि शीव, पार्वती र बिष्णुको मूर्ति अंकित गुफा रहेका छन् ।
चंखेली हिमाल
मुगुको रारातालको भ्रमण रहदाँ एउटा भुल्ने नहुने हिमालका रुपमा चंखेली हिमाल रहेको छ । नेपाली एक रुपैयाँको नोटमा चित्रित चंखेली हिमाल ओझेलमा रहेको छ । कतिलाई त थाहा नै छैन् कि एक रुपैयाँको नोटमा अंकित चि चंखेली हिमालको हो भनेर ।
मुगु जिल्लाको रुगा गाउँमा रहेको चंखेली हिमाल संरक्षणको अभावमा ओझेलमा परेको छ । यो एकको नोटमा चित्रण भएको हिमाल हो तर पछिल्लो समय चखेली हिमाल संरक्षणमा कसैले चासो नदिंदा ओझेलमा परेको हो ।
रारा छायाँनाथ र चंखेली हिमाल रहेको मुगुमा भएका पर्यटकीय सम्भावना बोकेका यस्ता प्राकृतिक स्रोतको संरक्षण गरी प्रचारप्रसार र प्रवद्र्धन गर्न सके राम्रो आम्दानी गर्ने ठाउँ भए पनि नसकिएको स्थानीय बिश्वराज बुढाले बताए । ‘अन्नबाली उत्पादन कम हुने भएपनि पर्यटकिय अन्य संम्भवना छ ।’ उनले भने,–‘प्रचार प्रसारको अभावले अझैँ यी क्षेत्रहरु ओझेलमा पर्ने गरेका छन् ।’
यो हिमाल आसपासका क्षेत्रमा पनि प्राकृतिक सौन्दर्य मनोरम दुश्यसँगै बहुमल्य जडीबुटी कटुकी, चिराईतो, भुल्त्या सिलाजितलगायतका जडीबुटी पनि पाइन्छ । चखेली हिमाल हुम्ला र मुगुको सिमानामा पर्छ ।
रारा–छायानाथमा हेलिकप्टर प्याकेज
प्रमुख पर्यटकीय स्थल रारा तालदेखि छायाँनाथ हेलिकप्टर यात्रा गराउने तयारी थालिएको छ । रारा आएका पर्यटकलाई छायाँनाथ मन्दिरसम्म पु¥याउनेगरी हेलिकप्टर यात्रा सुरु गर्न लागिएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० अन्तर्गत कर्णाली प्रदेश पर्यटन विकास समितिले हवाइयात्राको परीक्षण गरेको हो ।
भ्रमण वर्ष–२०२० मा रारा आउने पर्यटकलाई हेलिकप्टरमार्फत छायाँनाथ दर्शन गराउने समितिको योजना रहेको संयोजक राजु कार्कीले बताए । ‘रारादेखि पैदल मार्गबाट छायाँनाथ पुग्न करिव तीन दिन लाग्छ ।’ उनले भने,‘यात्रुको सहजताका लागि हेलिकप्टर यात्रा गराउन थालिएको हो ।’