सुर्खेत । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ को दैखोलामा भे १ ख २४०६ नम्बरको फोर्स गाडी दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जादैँ गरेको देउती यातायातको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ७ जना सामान्य घाइते भएको गाडीमा ३२ जना सवार रहेको घटनास्थलबाट कालिकोटका शिक्षक टोपबहादुर शाहीले बताए । ‘क्षमताभन्दा बढी यात्रु भएका कारणले दुर्घटना भएको देखिन्छ ।’ उनले भने,‘घाइतेहरु सामान्य अवस्थामा रहेको छन् ।’
शनिबार दिउसो ३ः४० बजे दुर्घटना भएको र क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।