सुर्खेत । हिमाल यातायात व्यवसायी संघ सुर्खेतका कार्यालय प्रमुख भुपेन्द्रबहादुर शाहीले यातायात व्यवसायी संघमा एकरुपता नभएकाले अपेक्षित आम्दानी हुन नसकेको बताएका छन ।
शाहीले प्रा.लिहरुमा एकरुपता नभएकोले ढुवानि गर्दा हाेस या सवारीका साधन संचालन गर्दा कडा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अपेक्षीत आम्दानी नभएको बताएका हुन ।
हिमाल यातायात व्यवसायी संघकोे तेस्रो बार्षिकउत्सव तथा चियापान कार्यक्रममा बोल्दै शाहीले अहिले सम्म हिमाल यातायात व्यवसायी संघमा हालसम्म २ सय ५८ ओटा मालबाहक ढुवानिका साधनहरु दर्ता भएको जानकारी दिए ।
आफ्ना व्यवसायीको आयश्रोत बढाउनको लागि प्रा.लीहरुमा एकरुपता ल्याउनुपर्नेमा सम्पुर्ण प्रा.लीका सञ्चालकहरुलाई शाहीले आग्रह पनि गरे ।
संघ सरकारको नीति अनुसार प्रा.लीमा रुपान्तरण भएको हुनाले अव प्रा.ली को साधारण सभा गरिने संघका अध्यक्ष खगेन्द्र प्रसाद शर्माले बताए ।
संघको कोषाध्यक्ष कर्ण बहादुर शाहीले संघको आर्थिक गतिविधिको बारेमा जानकारी गराएका थिए ।
संघका विभिन्न पदाधिकारी ,सल्लाहकार, कार्यसमिति सदस्यहरुले संघको गतिविधिको बारेमा धारणा राखेका थिए ।