दैलेख । दैलेखको ठाटीकाँधमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता बुधबार देखि शुरु भएको छ ।
सिर्जनशिल युवा क्लव ठाटीकाँधको आयोजनामा गरिएको भलिबल प्रतियोगितको उद्घाटन ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गरेका हुन ।
उद्घाटन गर्दै अध्यक्ष शाहीले खेलकुद क्षेत्रको विकास र परिर्वतनमा गाउँपालिका सँधै अघि बढ्ने जानकारी दिए ।
उनले ,ठाटीकाँधका पर्यटकीय क्षेत्रलाई चिनाउनको लागि यस्ता खेलकुदका कार्यक्रमहरुले सहयोग पु¥याउँने समेत बताए ।
गाउँपालिकाको कृष्ण माध्यामिक विद्यालयको मैदानमा खेल बुधबार देखि कात्तिक नौ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताले ‘खेलकुद कला साहित्य,र संस्कृतिको पहिचान ,समुन्नत समृद्ध ठाटीकाँध हाम्रो अभियान ’भन्ने नारा बोकेको छ ।
आयोजकका अनुसार भलिबल प्रतियोगितामा नौ ओटा टिमहरुको सहभागिता रहेको छ ।
बुधबार भएको पहिलो खेलमा सयुक्त फाेर्स लकान्द्रकाे टिमलाइ गैरागाउँकाे टिमलले पराजित गरेको छ ।
प्रतियाेगितामा प्रथम हुने टिमले ५१ हजार ,द्धितियले २१ हजार र तृतिय हुने टिमले छ हजार पुरस्कार पाउने छन भने ट्रफी र प्रमाण पत्र पनि पाउने आयोजकका तर्फबाट दिनेशकुमार थापाले जानकारी दिए ।
हेर्नुहोस उद्घाटन समारोहका तस्वीरहरु :