दैलेख । महावु गाउँपालिकामा दोस्रो गिताचौर खेलकुद महोत्सवको मंगलबार उद्घाटन गरिएको छ ।
हाम्रो भूमी हाम्रो सान, गिताचौर शिवालय महाबुको पहिचान, खेलकुद, पर्यटन र संस्कृतिको जर्गेना गर्ने हाम्रो अभियान भन्ने मुला नारा बोकेको महोत्सवको मंगलबार वडा– ४ गिताचौरमा गिताचौरमा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले उद्घाटन गर्नुभएको हो ।
उपाध्यक्ष बुढाले महोत्सवको उद्घाटन गर्दे खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका दत्त चित्त भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले युवाहरुलाई अहिले सम्म सहयोग गरेको र आगामी दिनमा पनि सहयोग हुने आश्वासन दिनुभयो ।
अब देश संघीय संरचनामा गईसकेकाले विस्तारै गाउँगाउँ बस्तीबस्तीमा पनि खेलकुद क्षेत्रको महोत्व निकै बढ्दै गएको छ उहाँले भन्नुभयाे ।
खेलकुद महोत्सवमा आठ ओटा टिम सहभागी भएका छन । महोत्सव असोज नौ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार भलिबल खेलकुद तर्फ प्रथम पुरस्कार २५ हजार द्धितिय पुरस्कार १८ हजार , तृतिय पुरस्कार १२ हजार र सान्तवना पुरस्कार ६ हजार रहेको छ ।
उद्घाटन समारोहका हेर्नुहोस तस्वीर : नविन शाहीबाट