दैलेख । जिल्लाको डुंगेश्वर गाउँपालिका २ लाकुरीमा स्काभेटर दुर्घटना भएकाे छ ।
दुर्घटना हुँदा तीनजना धाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गाउँपालिका २ को लाकुरीदेखि अतुरालि सडक सफा गर्ने क्रममा बा२ क ४३५६ नम्बरको स्काभेटर दुर्घटना भएको प्रहरी चौकी चुप्राका हवल्दार वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा डुंगेस्वर गाउँपालिका-२ का कमल विष्ट र बालक टीकाराम विष्ट रहेका छन्।
स्काभेटर चालक दुल्लु नगरपालिका-१२ का पुरन शाही पनि घाइते भएको प्रहरीले जनाएकाे छ ।
गम्भीर घाइते दुवैलाई उपचारका लागि नेपालगन्ज लगिएको छ। सामान्य घाइते चालक शाहीलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको प्रहरिले जनाएको छ।