सुर्खेत । सुर्खेत फर्निचर उद्योग संघको शनिबार भएको चौथो साधारणसभाले भक्तबहादुर थापालाई अध्यक्षमा निर्वाचित गरेको छ । साधारणसभाले थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा राजु गहतराज, उपाध्यक्षमा बलबहादुर पब्ली, सचिवमा, टीकाराम बिक, कोषध्यक्षमा गोपालबहादुर थापालाई चयन गरेको छ ।
सदस्यमा नरजीत नेपाली, लालबहादुर बिक, राजबहादुर अधिकारी, इन्द्रबहादुर रावल, डिलबहादुर कसेरा र रामबहादुर बिकलाई चयन गरेको छ ।