दैलेख (महाबु) । महाबु गाउँपालिकामा दोस्रो गिताचौर यूथ महोत्सव सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ गिताचौरमा गिताचौर यूवा क्लवको आयोजनामा महोत्सव हुन लागेको हो ।
कार्तिक ५ देखि ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुदतर्फ खुल्ला भलिबल, दौड, हाई जम्प, लङ जम्प, छेलो हान्ने (षटफुट), कक फाइट लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
त्यस्तै सांस्कृतिक तर्फ खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने गाउँपालिकाभित्र रहेका स्थानीय लोक संस्कृति प्रस्तुत गरिने क्लवको अध्यक्ष उपेन्द्र रावलले जानकारी दिए ।
क्लवकै अायाेजनामा गत वर्ष प्रथम गिताचाैर यूथ महाेत्सव सफलतापूर्वक सम्पन्न गरेकाे थियाे ।