सुर्खेत । कर्णालीमा ‘प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रबद्धनमा मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको खुलामञ्चमा महोत्सव हुने भएको हो ।
‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबैं जुटौं’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको सुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको छ ।
स्वदेशी बस्तुको उत्पादन बढाई रोजगारका अबसरहरु श्रृजना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउँने ,कर्णालीमा भएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई प्रदनीको माध्यामबाट क्रेता विक्रेता बीचको सम्बन्ध बढाई बजार प्रवद्र्धनमा सहयोग र मुलुकभरका उद्यमीहरुको उद्यमशिलतालाई कदर गरिने उद्देश्यले प्रर्दशनिको आयोजना गर्न लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्दबहादुर विसीले जानकारी दिए ।
प्रदर्शनीमा जम्मा तीन सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायीहरुका उत्पादनहरुको स्टल रहने छ । कर्णालीका १० ओटै जिल्लाहरुबाट ५/५ जना उद्यमीहरुको सुनिश्चितता गरिएको छ । अध्यक्ष विसीले प्रदर्शनीको अवधीमा २ लाख व्यक्तिले अवलोकन गर्ने र ५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।
पदर्शनीमा महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ठ उद्यमीहरुलाई पुरस्कार प्रदान गरिने पनि कार्यक्रम रहेको छ । महोत्सव सञ्चालनका लागि ८० लाख बराबरबो रुपैँया खर्च गरिने जनाईएको छ । महोत्सवमा नेपाल पर्यटन बर्ष २०२० लाई प्रत्यक्ष सघाउ पुग्ने गरी कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रसार–प्रसार गर्नुका साथै यहाँको लोकसस्कृतिलाई झल्काईने विभिन्न कला प्रदर्शन गरिने छ ।
कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखारी कर्णाली बासी भन्ने नारालाई सार्थक पार्न समेत महोत्सवले ठुलो भुमिका खेल्ने आयोजकले जनाएको छ ।
महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रीय कार्यालय, घरेलु तथा साना विकास समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, राष्ट्रिय लघु उद्यमी महासंघसँग र अन्य उत्पादनमा लागेका सहकारी संस्थाहरुसँग सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।