अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ ।
६९ बर्षीया सुमनकी आमा विन्दुले आज बिहान साढें ११ बजे देह त्यागेकी हुन ।
विगत डेढ बर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झण्डै दुई महिना देखि ललितपुर स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिईन् ।
पारिवारले दिएको खबर अनुसार सुमनकी आमाको अन्तिम दाहसंस्कारका लागि बेलुकी ५ बजे पशुपति आर्यघाट लगिने कार्यक्रम छ ।
यो शोकको घडीमा आमा गुमाउन पुगेका भलादमी अभिनेता सुमन सिंहलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना न्यूज फिल्मी गर्दछ ।